मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा आगलागी, जलेर चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

सडकमा गुडिरहेको मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा अचानक भएको आगलागीका कारण एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलचालक कास्कीको माछापुच्छ्रे गाउँपालिका– ४ लाहाचोक बस्ने २७ वर्षका नवराज नेपाली रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

पोखरा–बाग्लुङ सडकखण्डअन्र्तगत पर्ने पोखरा– २५ हेम्जामा पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्वरको मोटरसाइकललाई ग १ क ५१५२ नम्वरको ट्रकले आइतबार साँझ ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकलनमा अचानक आगलागी भएको थियो भने चालक नेपाली जलेर घाइते भएका थिए। घाइते नेपालीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, ट्रकमा सवार ट्रकका धनी हेम्जा बस्ने ४१ वर्षीय क्षेत्रबहादुर कुँवर आगो निभाउने क्रममा जलेर सामान्य घाइते भएका छन्। उनको दुवै हात र खुट्टा जलेको छ। ठक्कर दिने ट्रकचालक पोखरा– २५ लाम्पाटाका २४ वर्षीय किरण बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक र मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको तिवारीले जानकारी दिए ।