साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत भारतसँगको आजको खेल निकै महत्वपूर्ण थियो । यसअर्थमा पनि कि, यो खेल जितेको अवस्थामा नेपालले प्रतियोगिताको फाइनल सुरक्षित गर्ने थियो । अघिल्ला दुई खेलमा सानदार जित हासिल गरेकाले नेपालको मनोबल उच्च थियो । बंगालदेशले आफ्ना तीनवटै खेल जितेर फाइनल सुरक्षित गरिसकेको अवस्थामा नेपालले पनि आइतबार भारतलाई हराएर बंगालदेशसँग फाइनल भेट पक्का गर्ने धेरैको अपेक्षा थियो ।
यो अपेक्षा किन पनि नाजायज थिएन भने, दुई खेल सकिँदा भारतले ३ अंक मात्र जोडेको थियो भने नेपालले ६ अंक हासिल गरिसकेको थियो । भारत आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । यता, नेपालले माल्दिभ्स र श्रीलंकालाई क्रमशः ४ र ३ गोल गरी आफूलाई बलियो टिम साबित गरिसकेको थियो । तर, ‘खेलमा अघिल्ला तथ्यांकको अर्थ हुन्न’ भन्ने भनाइ आइतबार पुनः साबित भयो । स्पष्ट जितको लक्ष्यसहित नेपाली प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध उतारेको टिम नेपाल ज्यादै निरीह देखियो ।
पहिलो हाफमा गोलरक्षकको एउटा गम्भीर त्रुटिबाहेक मैदानमा नेपाल कमजोर थिएन । दुवै बराबरीको अवस्थामा देखिन्थे । नेपालले गोलका केही सुन्दर अवसर गुमाएकाले पहिलो ४५ मिनेट सकिँदा नेपाल १–० ले पछि पर्यो । जब दोस्रो हाफको ह्विसिल बज्यो, नेपाली खेलाडीलाई भारतीय खेलाडीले सहजै डोमिनेट गर्न थाले । मैदानका सबै भागमा भारतीय खेलाडी हावी देखिए । मैदानमा नेपाली खेलाडीको प्रदर्शन हेर्दा पहिलो हाफपछि ड्रेसिङ रूपमा दोस्रो हाफको ४५ मिनेट यसरी खेल्ने भन्ने रणनीति नै बनेन कि भन्ने अवस्था देखिन्थ्यो । अथवा, प्रशिक्षकले बनाएको रणनीति कुनै पनि खेलाडी बुझेनन् जस्तो देखिन्थ्यो । फलस्वरूप मैदान प्रवेश गरेको पाँच मिनेटभित्रै नेपालले गोल व्यहोर्यो । त्यसपछि कुनै पनि वेला सम्हालिन सकेन ।
साफ यू–२० च्याम्पियनसिपको सबैभन्दा सफल टिम नेपाल मैदानमा भारतसामू ज्यादै निरीह देखिन्थ्यो । प्रतिस्पर्धामा होइन, खेलाडीहरू खेल किने प्रतीक्षामा भएजस्तो लाग्यो । रेफ्रीले लामो ह्विसल बजाउँदा नेपालले ८–० गोल व्यहोरिसकेको थियो । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा अन्तिम ह्विसल बज्दा नेपाली खेलाडी शिर निहुर्याएर मैदानमा झुकिरहेका थिए । यो एउटा बिर्सनालायक विपनाजस्तै थियो । ठीकविपरीत भारतीय क्याम्पमा खुसीको माहोल थियो । कमेन्टेटर भन्दै थिए, ‘यो नतिजा पक्का भोलिको अखबारको हेडलाइन बन्नेछ ।’
पछिल्लो ४५ मिनेट सम्हालिन नसक्दा नेपाल जारी प्रतियोगिताको सबैभन्दा खराब नतिजा आफ्नो नाममा लेखाउन सफल भयो । खेल तालिकामा दोस्रो स्थानबाट तेस्रोमा ओर्लिन पुग्यो भने । फाइनल यात्रा निकै कनिठ बन्न पुग्यो । अब चौथो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । त्यो बंगलादेश, जो फाइनल पुगिसकेको छ । नेपाललाई ८–० ले हराएको भारतलाई पहिलो खेलमै हराइसकेको छ । त्यति उच्च फर्ममा रहेको बंगलादेशलाई हराए पनि नेपाललाई फाइनल पुग्न सहज छैन ।
नेपालले बंगलादेशलाई हराए नेपालको ९ अंक हुनेछ । भारतले अन्तिम खेल माल्दिभ्ससँग खेल्दै छ । त्यस खेलमा माल्दिभ्सले भारतलाई हराए वा बराबरीमा रोके मात्र नेपाल फाइनल पुग्नेछ । माथि उल्लेख गरेजस्तो, ‘खेलमा अघिल्ला तथ्यांकको अर्थ हुन्न’ भन्ने भनाइ यहाँ लागू हुने सम्भावना ज्यादै न्यून छ । किनभने, जारी प्रतियोगितामा माल्दिभ्सले अहिलेसम्म कुनै पनि खेल जितेको छैन । नेपालले बंगलादेशलाई हराए र भारतले माल्दिभ्सलाई हराएको अवस्थामा पनि भारत नै फाइनल पुग्नेछ । किनभने, आज भारतसँग व्यहोरेको ८–० गोलका कारण भारत गोलऔसतमा प्लस १० मा छ भने नेपाल माइनस १ मा छ । भारतलाई रोक्दै फाइनल पुग्ने आशामा रहेका नेपाली दर्शकका लागि ८–० को हार बिर्सनलायक विपन बन्यो ।
बिर्सनलायक ४५ मिनेट
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
१ हप्ता अघि
सुझावित समाचार
दसाैँ राष्ट्रिय खेलकुदका लागि त्रिभुवन आर्मी क्लबको बलियो तयारी, टेबलटेनिसमा नौ खेलाडी आबद्ध
काठमाडौं। आगामी दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै त्रिभुवन आर्मी क्लबले टेबलटेनिसका उत्कृष्ट तथा अनुभवी खेलाडीहर…
जनकपुरविरुद्ध जित्नैपर्ने दबाबमा पोखरा
काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबार एक मात्रै खेल हुँदै छ । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पोखरा एभ…
एनपिएल : विराटनगर किंग्सको सानदार जित, सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत वर्षाका कारण पाँच ओभरमा सीमित खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ३५…
विराटनगरको आक्रामक ब्याटिङ, सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य
काठमाडौं/ नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई…
विराटनगर र सुदूरपश्चिमबिच ५–५ ओभरको खेल हुने
काठमाडौं/ नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच ५–५ ओभरको खेल हुने भएको छ। वर्षाका का…
वर्षापछि लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल रद्द
निरन्तरकाे वर्षापछि शनिबार तय लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल रद्द भएको छ । यो सँगै दुवै टोलीले समान एक अंक बा…