मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Friday, 28 August, 2026
समाचार डिजिटल संस्करण

अर्थमन्त्री शर्माको शपथ आज ६ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १७:१७:oo

संसदीय विशेष छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएपछि पुनः अर्थ मन्त्रालयको जिम्मेवारी पाएका जनार्दन शर्माको शपथ आजै हुने भएको छ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार आज साँझ ६ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथको तयारी भइरहेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको आरोपपछि पदबाट राजीनामा दिएका शर्मा २५ दिनपछि आज आइतबार पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन्।