१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

२०औँ आहा रारा गोल्डकप घाटामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय  घाटा लागेको छ।

प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन आयोजना गरी आय–व्यय सार्वजनिक गरेको हो।  प्रतियोगितामा विभिन्न प्रायोजन तथा संघसंस्थाबाट कुल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकोमा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ।

कोभिड–१९ को संक्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक विनादर्शक खेलाइएको प्रतियोगितामा रु १२ लाख ६२ हजार आठ सय २६ नोक्सान भए पनि विषम परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट रु पाँच लाख एक हजार, सहारा युकेबाट रु तीन लाख र सहारा अस्ट्रेलियाबाट रु एक लाख थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ संकलन उपसमिति संयोजक सुनिल गुरुङले जानकारी दिए।

प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्सबाट रु १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट रु पाँच लाख, राष्ट्रिय खेलकुद परिषद्बाट रु चार लाख ९२ हजारसहित विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको थियो ।

यसैगरी, खेलाडी दैनिक भ्रमण खर्चमा रु २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च रु १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च रु चार लाख २६ हजार आठ सय ८५, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ। गत माघ ६ देखि १५ गतेसम्म २०औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो।

प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले जित्दा मनाङ मर्स्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो। सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट संकलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ। रासस