१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई कांग्रेस नेता सिंहको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५९:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक सञ्जालदेखि सम्रग गतिविधि चुनावी माहोल बनाउने गरी गर्न निर्देशन दिएका हुन्।

कांग्रेसको नेतृत्वमा भएका उपलब्धिहरूको आ–आफ्नो ठाउँबाट प्रचारप्रसार गर्नसमेत उनले कार्यकर्ताहरूलाई आग्रह गरे। कांग्रेसका कार्यकर्ता भएपछि उसले गर्ने गतिविधिले पनि समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भन्दै नेता सिंहले सबै कार्यकर्तालाई पार्टीको अनुशासनको दायरामा रहन सचेत गराएका छन्। 

सार्वजनिक मञ्च या सामाजिक सञ्जालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर भए पनि पार्टी कमजोर हुने औँल्याउँदै उनले यस्ता कार्य नगर्न आग्रह गरे। मुलुकमा देखिएका तमाम समस्याको समाधान कांग्रेसबाहेक अन्य दलले गर्न सक्दैन भन्ने तमाम राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको उनको दाबी छ।

ad
ad