Skip This
विश्वकप तयारीमा खटिएका आप्रवासी कामदार न्यूनतम पारिश्रमिकमै काम गर्न बाध्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १४ शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ श्रावण १४ शनिबार o९:४९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकप तयारीमा खटिएका आप्रवासी कामदार न्यूनतम पारिश्रमिकमै काम गर्न बाध्य

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १४ शनिबार o९:४९:oo

खाडी मुलुकका कामदारहरूको तुलनामा बंगलादेश, नेपाल र केन्याजस्ता देशहरूबाट आउने कामदारलाई झनै कम पारिश्रमिक दिइएको छ । नियमित काम गरेको होटेल वा कम्पनी छाडेर अन्यत्र जान खोज्दा कामदारले पाउने तलबसमेत नपाएको अवस्था छ ।

खाडी क्षेत्रमा पहिलोपटक फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदै छ । यस वर्षको नोभेम्बर–डिसेम्बरमा कतारले विश्वकप गर्दै छ । आयोजक कतारले विश्वकपका लागि अत्याधुनिक रंगशालादेखि होटेल निर्माण गरेको छ । कतारले भौतिक संरचनामा गरेको विकास देखेर विश्वकपमा आउने सबै पाहुना दंग मात्र पर्दैनन्, अचम्मित हुने विश्लेषकहरूको भनाइ छ । 

रंगशाला र होटेल निर्माणमा विभिन्न मुलुकका कामदारले चर्को गर्मीमा दिनरात नभनी मिहिनेत गरेको कसैलाई लुकाउनुपर्दैन । ती कामदारको मिहिनेतबिना आज कतार यो अवस्थामा पुग्ने थिएन । कतार लगभग विश्वकप आयोजना गर्ने तयारी अवस्थामा छ । केही दिनअघि मात्र फिफाले कतारमा लक्जरी होटेलको अनुमति दिएको छ । 

स्वीकृति पाएका तीन होटेलले एक दिनमा प्रतिपाहुनाबाट लाखौँ नेपाली रुपैयाँ कमाउँदा त्यहाँ काम गर्ने कर्मचारीले नसोचेको तलब थाप्नेछन् । फिफाले विश्वकपका लागि निर्धारण गरेको होटेलमा काम गर्ने कर्मचारीलाई प्रतिघन्टा एक पाउन्डबराबर मात्र तलब सुविधा दिने होटेल व्यवस्थापनले व्यवस्था गरेको छ । यहाँसम्म उनीहरूले ओभरटाइम गर्दा पनि अतिरिक्त तलब पाएका छैनन् । 

होटेल व्यवस्थापनको अमानवीय व्यवहारप्रति मानव अधिकार तथा सम्बन्धित निकायले यसको विरोध गरेका छन् । कर्मचारीको आत्मसम्मानमा ठेस पुगेको भनी मानव अधिकारवादीहरूले औसत व्यवहार हुनुपर्ने बताएका छन् । एक तथ्यांकअनुसार कतारले विश्वकप आयोजनाबाट तीन बिलियन पाउन्ड आर्जन गर्ने अपेक्षा छ । एक महिनासम्म आयोजना हुने विश्वकपमा कतारको जम्माजम्मी खर्च एक अर्ब ३८ करोड पाउन्ड हुनेछ । बाँकी रकम कतारको आम्दानी हुनेछ । 

मानव अधिकारवादी तथा अन्य समूहहरूले कतारले विश्वकपमा खटिएका तथा होटेलमा काम गर्ने कर्मचारीमाथि भइरहेको व्यवहारको विरोध जनाइरहेका छन् । कतारको नाम चलेका साततारे होटेलमा एक रातको मूल्य पाँच हजार पाउन्ड रहेको छ । अझ सुइट कोठा उपयोग गर्दा यहाँको एक वाइन बोतलको मूल्य सात सय ९० पाउन्ड राखिएको छ ।

विश्वकपमा आउने खेलाडी, अफिसियल, समर्थक तथा अन्य व्यक्तिहरूका लागि यो मूल्यले एक किसिमकोे झट्का लाग्न सक्छ । विश्वकपमा वर्तमान समयकै उत्कृष्ट खेलाडीबीचको कडा प्रतिस्पर्धा हेर्न पाइन्छ । ३२ राष्ट्र सहभागी हुने विश्वकपमा समग्रमा आठ सय खेलाडी हुनेछन् ।  

कतार विश्वकपमा स्टार खेलाडीको जमघट हुने त भइहाल्यो । विश्व फुटबलमा प्रतिसाता सर्वाधिक पारिश्रमिक बुझ्ने खेलाडी पनि हुनेछन् । ब्राजिलियन युवा स्टार खेलाडी नेमार जुनियरले आफू आबद्ध पिएसजीबाट प्रतिसाता ६ लाख पाउन्ड पारिश्रमिक लिन्छन् । नेमारकै पिएसजीका साथी केलियन एम्बाप्पले प्रतिसाता एक मिलियन पाउन्ड थाप्छन् । 

दोहाको मध्यभागमा रहेको वेस्टिन दोहा होटेलमा ब्राजिलियन खेलाडी नेमार, फ्रेड, भिनिसियस जुनियर तथा थियागो सिल्भा बस्नेछन् । यस होटेलमा पूरै ब्राजिलियन खेलाडी रहनेछन् । खेलाडीले कतारमा प्राप्त हुने विशेष सुविधाको उपभोग गर्नेछन् । उनीहरू साततारे होटेलका स्विमिङ पुल, स्पा, समुद्री–किनारमा रमाइलो गर्न पछि पर्दैनन् । कतारको मरुभूमिको पनि आनन्द उनीहरूले उठाउनेछन् । 

कतारमा २० लाख आप्रवासीहरूले विश्वकपमा आउने पाहुनाहरूको आतिथ्य गरिरहेका हुनेछन् । त्यस्ता आप्रवासीहरूको दैनिकदेखि मासिक पारिश्रमिक विश्वचर्चित खेलाडीहरूको कमाइको छेउसम्म पनि पुग्दैन । आप्रवासीहरूले दैनिक १२ देखि १५ घन्टा काम गर्दै विश्वकपमा आफ्नो योगदान दिइरहेका हुनेछन् । 

कतार विश्वकपमा हुने यस्तै किसिमको अस्वाभाविक वातावरणका कारण नै मानव अधिकारवादीहरूले विरोध जनाइरहेका हुन् । नोभेम्बर २१ बाट सुरु हुने विश्वकप फुटबल अघि इक्विडेम, ग्लोबल लेबर जस्टिस र अन्तर्राष्ट्रिय मानव अधिकार फोरमले कतार र छिमेकी अरबी राष्ट्रहरूले आफ्ना कामदारमाथि अमानवीय भेदभाव गरेको आरोप लगाएका छन् । कामदारसम्बन्धी एक अन्तर्राष्ट्रिय रिपोर्टमा खाडी क्षेत्रमा काम गर्न आउने कामदारप्रति अभद्रदेखि अमानवीय व्यवहार हुने उल्लेख छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार फोरमले विश्वकपमा फिफाले अनुमोदन दिएका २९ होटेलका ६९ कामदारसँग अन्तर्वार्तासमेत लिएको छ । फोरमले तयार पारेको ६९ पृष्ठको प्रतिवेदनमा कामदारले पछिल्लो दुई वर्ष निकै न्यूनतम ज्यालादारीमा काम गरेको भनिएको छ । 

यस्तो छ प्रतिवेदन
कामदारलाई न्यूनतम ज्याला पनि दिइएको छैन । लगातार ६ दिन नौ घन्टा काम गर्दा उनीहरूले प्रतिघन्टा औसतमा एक पाउन्ड पाइरहेका छन् । उनीहरूले ओभरटाइमको पारिश्रमिक पाएका छैनन् । कामदार कुनै दिन बिदामा बस्दा पारिश्रमिक कटाएको देखिन्छ । रोजगारीका लागि बिचौलियालाई हजारौँ पाउन्ड तिर्न बाध्य पारिएको छ । जुन कतारको कानुनविपरीत हो । खाडी कामदारहरूको तुलनामा बंगलादेश, नेपाल वा केन्याजस्ता देशहरूबाट आउने कामदारलाई झनै कम पारिश्रमिक दिइन्छ । अन्य कुनै होटेलमा काम गर्न खोजेमा कामदारमाथि बदला लिने र तलब रोकिने सम्भावना देखियो । जसका कारण अन्यायमा परेका कामदारहरू आफूविरुद्ध भइरहेको कुनै पनि पक्षबारे बोल्दैनन् । प्रतिवेदनमा एक नेपाली कामदारले भनेका छन्, ‘हामीले मासिक एक हजार कतारी रियाल पाउँछौँ, कामको हिसाबले यो प्रतिघन्टा एक पाउन्ड मात्र हो ।’ 

तीन सय रियाल भत्ता हुनुपर्ने
कतारले विश्वकपको तयारी गरिरहँदा होटेलदेखि रंगशाला निर्माणमा आएका आप्रवासी कामदारलाई मासिक भत्ता तीन सयदेखि पाँच सय रियालसम्म हुने भनिएको थियो । गरिब राष्ट्रबाट आएका कामदारहरू यसैमा लोभिए । तर, कम्पनीले उनीहरूलाई सम्झौताअनुसार पारिश्रमिक नदिएको रिपोर्टमा भनिएको छ । मध्यपूर्व क्षेत्रको नियमअनुसार कामदारलाई मासिक पारिश्रमिक अनिवार्य रूपमा एक हजार रियाल हुनुपर्ने उल्लेख छ । यसबाहेक उनीहरूलाई वास तथा खानाको व्यवस्था हुनुपर्ने भनिएको छ । 

‘मेरो औसत पारिश्रमिक एक हजार रियाल हो,’ मानव अधिकारवादीहरूले तयार पारेको रिपोर्टमा एक नेपालीले भनेका छन्, ‘हामीले सम्झौताअनुसार पारिश्रमिक पाएका छैनौँ ।’ ती नेपालीका अनुसार नियमित पारिश्रमिक एक हजारबाहेक तीन सय भत्ता पाउनुपर्छ । ‘यहाँको नियम र सम्झौताअनुसार पारिश्रमिक पाएको छैन, भगवान्लाई धन्यवाद छ, हाम्रो सुरुकै स्केल एक हजार रियाल छ,’ उनले भने । 

२०१० देखिको तयारी 

वेस्टिन दोहाले आफ्ना कर्मचारीलाई प्रतिमहिना १५ सय रियाल दिने गर्छ । जुन प्रतिघन्टा १.५० पाउन्ड हो । रमाइलो पक्ष के छ भने कतारमा काम गरिरहेका जति पनि कामदार छन्, उनीहरूको मासिक पारिश्रमिक नेमारले एक मिनेटभित्र नै कमाउँछन् । 

सन् २०१० मा कतारले विश्वकप आयोजनाको अधिकार प्राप्त गरेको थियो । कतारले १२ वर्षको मिहिनेतपछि आधुनिक रंगशाला तथा होटेल निर्माण गर्न सफल भएको छ । यसका लागि कतारले विभिन्न राष्ट्रहरूका कामदारलाई २४ घन्टा नै काममा लगायो । जुन अहिले पनि ती कामदार कुनै न कुनै भूमिकामा काम गरिरहेका छन् । तर, कतारले आफ्ना आप्रवासी कामदारमाथि निकै अन्याय गरेको भनाइ छ । 

एजेन्सीहरूको सहयोगमा