
सरकार निर्माणमा सहजकर्ताको भूमिका खेलिरहेका अधिवक्ता ओमप्रकाश अर्यालको नाम भावी मन्त्रीका रुपमा चर्चामा छ । उनी कानुन मन्त्री बन्न लागेको चर्चा छ । तर, अर्याल मन्त्री बन्ने टुंगोमा पुगिसकेका छैनन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकारसमेत रहेका अर्यालले मन्त्री बन्ने कुरालाई समग्रतामा हेरिरहेको बताए । ‘मेरो बारेमा अहिले नै आएका कुरा साँचो होइनन् । मेरो निर्णय भएको छैन । के कस्तो जिम्मेवारी लिने भन्ने कुरा होला । समग्रतामा हेरेर विचार गर्ने कुरा हो । निचोडमा पुगेको छैन,’ उनले भने ।
चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विज्ञहरु समेटेर मन्त्रिपरिषद् गठनको तयारी गरिरहेकी छिन्।