
बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाढी प्रभावित भएका परिवारलाई राहत वितरण सुरु गरेको छ । बिहीबार राति आएको बाढीबाट प्रभावित भएका परिवारलाई राहत वितरण सुरु गरेको हो ।
बिहीवार साँझ र राति गिठेनाला र ओरही नदीमा आएको बाढीबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६, ७ र ८ का ६ सय घरधुरी प्रभावित भएका थिए। पालिकाले राहत वितरणमा एकरूपता ल्याउन पालिका स्तरीय विपत शाखाबाट राहत वितरण गर्ने निर्णय गरेको थियो ।
बाढीबाट अति प्रभावित घरधुरीलाई परिवार सेल्टर किट, हाइजिन किट, सोलार किट, पानी किट र भान्साकिटसहितको गैरखाद्य राहत सामाग्री वितरण गरिएको नगर उपप्रमुख बिना भट्टराईले बताइन् । उनले भनिन, ‘आज मात्र प्राकृतिक विपत बाढीबाट प्रभावित ११९ परिवारलाई राहत वितरण गरिएको छ । बाँकी रहेका प्रभावितलाई पनि पालिकाले सहयोग गर्नेछ ।
पालिकाभित्र विभिन्न कार्यक्रम संचालन गरिरहेका संघसंस्थाले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न राहत सामाग्री पालिकालाई हस्तान्तरण समेत गरेका छन् ।