Skip This
पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिन अधुरो भयो : एमाले उपमहासचिव ज्ञवाली 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिन अधुरो भयो : एमाले उपमहासचिव ज्ञवाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै ज्ञवालीले सत्तापक्षका सांसदहरू अनुसन्धानका सबै टुल्स प्रयोग गर्न सहमत नभएको बताए । 

‘समितिको निष्कर्षमा वास्तविकता आएन । किनकि वास्तविकतामा प्रवेश गर्ने प्रमाणहरूको संकलन सबैभन्दा महत्वपूर्ण कुरा हो । समितिले तथ्यहरू संकलन गर्ने क्रममा सदस्यहरू एक रायमा पुग्न सकेनौँ’, उनले भने, ‘त्यसले गर्दा अनधिकृत भनिएका व्यक्तिहरूको कल डिटेल लिने, मोबाइल लोकेसन पत्ता लगाउने कुरा, अर्थ मन्त्रालयमा त्यो दिन रहेका कर्मचारीको नाम लिएर सबैसँग बयान लिने कुराहरूमा समिति एक स्थानमा उभिन सकेन । सत्तापक्षका सांसदहरू त्यो विषयमा प्रवेशै गर्न चाहनुभएन । त्यसले अनुसन्धान नै अधुरो भयो ।’

सदस्य ज्ञवालीले छानबिनको लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बसेका भनिएका कर्मचारीको नामसमेत उपलब्ध नगराएको बताए । वास्तविक प्रमाणहरू जुटाएर यथार्थ प्रतिवेदन ल्याउने योजना भए पनि सत्तापक्षका सांसदहरूका कारण वास्तविक प्रतिवेदन आउन नसकेको उनको भनाइ थियो । अर्थ मन्त्रालयमा सिसिटिभी फुटेज सुरक्षित नहुनुमा प्रशासनिक र राजनीतिक नेतृत्व चुकेको उनको दाबी थियो ।