१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १९:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंसिर ४ मा निर्वाचन पक्का : कांग्रेस प्रवक्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १९:२७:००

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्। शुक्रबार काठमाडौंको थापागाउँमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रमा उनले मंसिर ४ का लागि औपचारिक रूपमा निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका हुन्।

‘मंसिर ४ मा त निर्वाचनको मिति पक्कापक्की छ। औपचारिक रूपमा घोषणा नै हुँदै छ,’ उनले भने। 

कार्यक्रममा बोल्दै उनले युनियनको अधिवेशन हुन्न कि भन्ने रहे पनि सफलतापूर्वक सम्पन्न भएको बताए । युनियनको निर्वाचित कार्यसमितिलाई पार्टीको विचारलाई जनतामाझ पुर्याउने जिम्मेवारी रहेको उनको भनाइ थियो ।  ‘निर्वाचनमा हारजित ठूलो कुरा होइन। निर्वाचनमा कांग्रेसको नीति र विचारलाई संप्रेषण गर्ने जिम्मा यो कार्यसमितिलाई छ,’ उनले भने ।