१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कपडा उद्योग निजी क्षेत्रलाई दिन सरकार तयार छ : उद्योगमन्त्री बडू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन्।

मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौँडामा आयोजित व्यावसायिक अन्तर्क्रियालाई सम्बोधन गर्दै मन्त्री बडूले कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको र त्यसका लागि आवश्यक योजना अघि बढिसकेको जानकारी दिएका हुन्। ‘कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेटमै उल्लेख गरिसकेको छ। सरकारीस्तरबाट भन्दा पनि निजी क्षेत्रबाट उद्योग सञ्चालनमा तीव्रता देखिने भएपछि आवश्यक योजना अघि बढाइएको छ,’ मन्त्री बडूले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहित गर्दै सरकारी सम्पत्तिको सही सदुपयोग र मुलुकमा बन्द रहेका ठूला उद्योग पुनः सञ्चालनमा टेवा पुग्ने देखिएपछि सरकार कपडा उद्योग निजी क्षेत्रलाई दिन तयार भएको हो।’

उनले उद्योगबारे प्रारम्भिक अध्ययन भइसकेपछि सरकारले मोडालिटी तयार गरेर सोहीअनुसार निजी क्षेत्रले सञ्चालन गर्ने गरी दिन तयार रहेको उल्लेख गरे। बडूले सरकारले निजी क्षेत्रलाई आफ्नो स्वामित्वको ठूला उद्योग सञ्चालन गर्न दिने योजना बनाएकाले त्यसमा तयार रहनसमेत निजी क्षेत्रलाई आग्रह गरे। उनले मोडालिटीको काम अन्तिम चरणमा पुगेको बताए। औद्योगिक क्षेत्रमा ओगटिएका जग्गा ठूला उद्योग सञ्चालनका लागि इच्छुकलाई दिन र भाडा नतिरेकालाई कानुनबमोजिम जरिवानासहित भाडा असुल्न मन्त्रालय तयार रहेको मन्त्री बडूले दाबी गरे।

२० वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। उद्योग सञ्चालनका लागि आवश्यक मेसिनहरू जीर्ण भइसकेका छन्। सरकारले यसअघि पनि पटकपटक कपडा उद्योग सञ्चालन गर्ने बताउँदै आए पनि पहिलोपटक सरकारले निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागि दिने तयारी अघि बढाएको हो।