१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाको फोहाेर बोकेका गाडी स्थानीयले पुनः रोके

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१o:oo

काठमाडौं उपत्यकाबाट फोहाेर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन्। यसअघि फोहाेर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहाेर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो। 

सडक मर्मतको काम पूरा नगरी फोहाेर लान थालिएको र फोहाेर बोक्ने गाडीमा (लिचड ट्यांकी) फोहाेरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहाेर व्यवस्थापनमा अवरोध गरेको धुनीबेँसी नगरपालिका– १ का  अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।

कामपाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहाेरका गाडी सिसडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन्। आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहाेर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहाेरको व्यवस्थापन हुन नसकेको हो।

एक महिनाअघि कामपा र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो। बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहाेर व्यवस्थापनको काम रोकिएको थियो।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो। यसमध्ये सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहाेर निस्कने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ। रासस