१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इराकमा उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी संसद् भवन प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:५९:oo

इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्।

सुरक्षाकर्मीले संसद् भवन प्रवेश गर्न खोज्नेलाई केहीबेर रोके पनि ठूलो भिड भवनभित्र छिरेको सुरक्षा स्रोतले एएफपीसँग पुष्टि गरेको छ। उनीहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्।

गत अक्टोबरमा भएको आमनिर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहाेरा प्रयोग गरेर रोक्ने प्रयास गरे पनि अन्ततः उनीहरू संसद् भवनभित्र छिर्न सफल भएका थिए।

प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसद उपस्थित थिएनन्। प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो। यो क्षेत्रमा विभिन्न देशका दूतावाससहित राजधानीस्थित सबैभन्दा महत्वपूर्ण भवन छन्।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गरेका छन्। भवनभित्र छिरेका प्रदर्शनकारी नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो। त्यहाँ देशका विभिन्न राजनीतिक समूहबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन।

इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका सिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जित दाबी गरेको थियो। तर, आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेको छैन। रासस/एएफपी

ad
ad