मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ श्रावण १२ बिहीबार ११:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुपतिमा रोपियो संखुवासभाको रुद्राक्ष

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ श्रावण १२ बिहीबार ११:४६:००

काठमाडौंस्थित पशुपतिनाथ मन्दिर वरपर संखुवासभाको रुद्राक्ष रोपिएको छ। बिहीबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिका, खाँदबारी नगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त प्रयासमा पशुपति क्षेत्रभित्र रुद्राक्ष रोप्ने कार्यको शुभारम्भ गरिएको हो।

कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ तथा काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले संयुक्त रपमा वृक्षरोपण गरेका हुन्।

केही समयअघि खाँदबारीका मेयर थपलिया र काठमाडौं महानगरका मेयर साहबीच भएको भेटघाटमा एक–आपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको थियो। सो सहमतिपछि नै पशुपति क्षेत्रमा संखुवासभाको रुद्राक्ष रोपिएको र अन्य कार्यक्रमसमेत गर्दै जाने खाँदबारी नगरपालिकाका मेयर थपलियाले बताए।

पशुपति क्षेत्रभित्र रुद्राक्ष रोप्नका लागि खाँदबारी नगरपालिकाले रुद्राक्षका एक लाख बिरुवा उपलब्ध गराउने मेयर थपलियाले प्रतिबद्वता व्यक्त गरेका छन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर साहले खाँदबारी नगरपालिकालाई धन्यवाद दिँदै सदैव एक–आपसमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका थिए।