मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ११ बुधबार २१:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरी योजना बनाउँदै छु : मन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ११ बुधबार २१:१९:००

सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् । उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए । 

मन्त्री चौधरीले ल्यान्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उहाँले फोहोरबाट काठमाडौंभित्रै मल, बिजुली, ग्यासलगायतका वस्तु उत्पादन गर्ने बताए । ‘ल्यान्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ । यसको ठाउँमा अर्को मल, बिजुली, ग्यास बन्ने प्रोजेक्टको खोजी गरौँ । यस्ता बन्चरे डाँडा देशभर खोज्ने होइन, देशभर बत्ती, मल बनाउने, निकाल्ने हो,’ उनले भने, ‘आज एउटा घरले ४ सय रुपैयाँ तिर्छ भने त्यो स्राेतबापत जनतालाई पैसा दिने गरेर प्रोजेक्ट निर्माण गर्नुहोस् भनेको छु ।’

मन्त्री चौधरीले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए । उनले सिसडोलवासीले आजै मात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्यान्डफिल साइटमा जान नदिने चेतावनी दिएको पनि बताए ।