मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयकविरुद्ध राप्रपा नेपाल समर्थित विद्यार्थीकाे राँके जुलुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४९:oo

संसदबाट हालै पारित नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालसम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मंगलबार काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ । मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याएको भन्दै राप्रपा नेपालको विद्यार्थी संगठन सडकमा उत्रिएको हो ।
संगठनका अध्यक्ष चेतराज सिंहले नागरिकता विधेयकका बुँदहारू विवादास्पद, अनुचित र राष्ट्रहितविपरीत भएको भन्दै विरोधमा राँके जुलुस प्रदर्शन गरेको बताए । उनले सबै नेपालीले नागरिकता सरल र सहज रूपमा पाउनुपर्नेमा विमति नरहेको तर विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँढ्ने विषय अस्वीकार्य भएको धारणा राखे ।