मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
२o८२ असार २८ शनिबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार १८:o५:oo

बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुईजना गर्भवतीको हवाई उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीया हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौं पठाइएको हो । 

नेपाल सेनाको हेलिकोप्टरबाट उनीहरूलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।