१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा ४४ अंकको करेक्सन, टिकेन मौद्रिक नीतिको प्रभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४३:oo

मौद्रिक नीति जारी भएपछि दुई दिन उच्च अंकले बढेको बजारमा मंगलबार करेक्सन आएको छ। नेप्से परिसूचक ४४.८० अंकले घटेर दुई हजार ८८.१६ बिन्दुमा आइपुगेको हो। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ८.९९ अंकले घटेर ३ सय ९८.३९ बिन्दुमा आइपुगेको छ।

गत शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीति जारी गरेपछिको पहिलो कारोबार आइतबार  र सोमबार सेयर बजार उच्च अंकले बढेको थियो। बजार बढेसँगै सोमबार २१ सयमाथि टेवा परीक्षण गरेको थियो। यसले मौद्रिक नीतिको प्रभाव  सेयर बजारमा लामो समय टिक्न नसक्ने संकेत गरेको हो। मौद्रिक नीतिपछि बजार बढ्दा लगानीकर्ता प्रोफिट बुक गर्ने नीति लिइरहेका छन्। नाफा बुक गर्नेतर्फ पनि केद्रित हुन थालेपछि  बजारमा विक्रेताको चाप देखापरेको देखिन्छ। यद्यपि, बजार पुनः दुई हजारको मनोवैज्ञानिक बिन्दुमै फर्किएको हो।

सुरुवातामा बजारमा सकारात्मक रहे पनि अन्तिममा आइपुग्दा बजार घटेर बन्द भएको छ। विक्रेता बढी हाबी हुँदा बजारमा करेक्सन आएको एक ब्रोकरले बताए। दुई दिन उच्च अंकले बढ्दा बजारमा करेक्सन आएको लगानीकर्ताहरूको दाबी छ। बजारमा उच्च अंकले बढेपछि करेक्सन आउनुलाई लगानीकर्ताले सामान्य मान्ने गर्छन्।

आज कारोबारमा आएका १३ वटै समूहको सूचक घटेका छन्। ‘अन्य’ समूहको सूचक तीन प्रतिशतभन्दा बढीले घट्दा पाँच समूहको सूचक दुई प्रतिशतभन्दा बढीले घटेका छन्। बाँकी अन्य समूहको सूचक एक प्रतिशतभन्दा बढीले घटेका छन्।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २२ कम्पनीको ८७ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

मंगलबार सर्वाधिक सेयर कारोबार शिवम् सिमेन्टको भएको छ। शिवम् सिमेन्ट एक्कलैको १९ करोड ३६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हो। त्यसैगरी  अरुण काबेली पावर, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत् कम्पनीको सेयर आठ करोड ३५ लाख रुपैयाँदेखि १५ करोड ५७ लाख रुपैयाँसम्ममा कारोबार भएको छ।

घटेको बजारमा गणपति लघुवित्त वित्तीय संस्थाको मूल्य सर्वाधिक ६.८२ प्रतिशतले घटेको छ। रिभरफल्स पावर, सबैको लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड  फाइनान्स कम्पनीले पाँच प्रतिशतभन्दा बढीले गुमाएका छन्।

घटेको बजारमा मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.३२ प्रतिशतले नाफा आर्जन गरेका छन्। त्यसैगरी सूर्यदयवमी लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, समृद्धि फाइनान्स, बलेफी हाइड्रोपावरको तीन प्रतिशतदेखि ६.७२ प्रतिशतले बढेका छन्।