१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगुको बामगाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:३१:oo

मुगुको छायाँनाथ रारा नगरपालिका–१४, बामगाउँको नाफामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्ती र छिमेकी जिल्ला हुम्लासँग जोडिएको सिमानालाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना वरिष्ठ हवल्दार र चारजना सिपाही रहने गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिका– १४ मा पर्ने बामगाउँ, फोइपाटा, दर्खेलबाडा, नाफा, सुम्लीगाउँ र लुमगाउँका बस्ती तथा १३ नम्बर वडाका केही बस्ती र छिमेकी जिल्ला हुम्लाको सीमासम्म पोस्टले शान्ति सुरक्षा प्रवाह गर्ने उनको भनाइ छ ।अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले लामो समयको प्रयासपछि प्रहरी पोस्ट स्थापना गरिएको बताए ।  उनले भने, ‘लामो समयको अथक प्रायासपछि तत्कालका लागि अस्थायी पोस्टसम्म भए पनि स्थापना गर्न सफल भएका छौँ ।’ 

बामगाउँदेखि नजिकै रहेको चंखेली हिमाल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, दूतताललगायतका पर्यटकीयस्थल र मुगु रेडक्रसदेखि हुम्लाको देउलीसम्मको ६७ किलोमिटर सडक खण्डका बस्तीका स्थानीयलाई अस्थायी प्रहरी पोस्टले शान्ति सुरक्षामा सहज हुने स्थानीयको भनाइ छ । प्रहरी पोस्ट स्थापना हुँदा गाउँघरमा हुने सामान्य झैझगडा, महिला हिंसा, चोरी सिकारीलगायतका सामान्यदेखि जटिल खाले घटना हुँदा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको दर्खेलगाउँका ६० वर्षीय गमबहादुर बडुवालले बताए ।  
 

ad
ad