Skip This
नागरिकता विधेयकबारे सांसद देवकोटा– मानिसहरू लोभले प्रभावित हुन सक्छन्, सातवर्षे प्रावधान राख्नुपर्थ्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ९ सोमबार १३:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयकबारे सांसद देवकोटा– मानिसहरू लोभले प्रभावित हुन सक्छन्, सातवर्षे प्रावधान राख्नुपर्थ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार १३:o४:oo

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गरेका छन्। एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको भन्दै उनले सातवर्षे प्रावधान हटाउन नहुने धारणा राखे।

सोमबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्। ‘राज्य व्यवस्था समितिले सात वर्ष लगाएर ०७७ असार ७ मा दिएको सात वर्षको प्रावधान थियो, त्यसलाई जस्ताको तस्तै राख्नुपर्थ्यो,’ उनले भने, ‘हामीकहाँ गरिबी र लोभलालचको कारणले धर्म परिवर्तन पनि गरिएको अवस्था छ। नागरिकताका लागि पनि मानिसहरू लोभ, लालचमा परेर कतिपय प्रभावित हुने हो कि भन्ने चिन्ता हुन सक्छ।’

उनले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भए पनि यसको दुरुपयोग हुन सक्नेतर्फ सचेत हुनुपर्ने औँल्याए। लोभ, लालच देखाएर अथवा धम्क्याएर नक्कली आमा खडा गरिने हो कि भन्ने उनको आशंका छ।

आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने व्यवस्थाले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उनको भनाइ छ।