१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा जिप दुर्घटना हुँदा दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका– ७ चिसापानी खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

झापाबाट सोलुखम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०१०२३ च ५८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्सपेक्टर मोहन थापाले जानकारी दिए।

थापाका अनुसार सोलुखुम्बु नेचासल्यान गाउँपालिका– १ का ३२ वर्षे झमक विक र ५४ वर्षे धनजन राई घाइते भएका छन्। घाइते राई नेचासल्यान गाउँपालिकाका अध्यक्ष हुन् भने विक जिपचालक हुन्। घाइते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।