मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
फाइल फाेटाे
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल श्रीलंकाको पथमा जाँदैन : सञ्चारमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। हेटौँडामा जारी नेपाल प्रेस युनियनको महाधिवेशनको उद्घाटन सत्रमा मन्त्री कार्कीले यस्तो बताएका हुन्।

अफवाह फैलाउने समाचारले जनतामा नकारात्मक सोच पैदा हुने उल्लेख गर्दै उनले त्यस्ता समाचारलाई प्राथमिकता नदिन सुझाव दिए। केही समाचारले नेपालको अर्थतन्त्रबारे भ्रम फैलाएको भन्दै उनले भने, ‘हाम्रो देशको अर्थतन्त्रमा केही समस्या छ। तथापि, श्रीलंकाको पथमा जाँदैन। नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ।’

युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा भएको महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजारजना हेटौँडा आइपुगेका छन्। भेलाले चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

नेतृत्वका लागि हालसम्म संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापनइतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा उत्रिने देखिएको छ। बिन्दु र लम्सालले छुट्टाछुट्टै घोषणासभाबाट आफ्नो टिमसहित दाबेदारी प्रस्तुत गरिसकेका छन्।