मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २९ आइतबार ११:१७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

क्यान्सर उपचारका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार ११:१७:oo

क्यान्सर उपचारका अत्यावश्यक औषधिहरू हस्तान्तरण गरिएको छ । आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा सात करोड मूल्य पर्ने क्यासरको औषधि हस्तान्तरण गरिएको हो । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल  ल्याइएको थियो ।

ती औषधि तथा स्वास्थ्य सामग्रीहरू असार २७ गते शुक्रबार नेपाल आइपुगेका थिए । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले सोही दिन उक्त औषधि भण्डारण गरेको थियो । औपचारिक रूपमा आज मन्त्रालयलाई हस्तान्तरण गरिएका ती औषधि र स्वास्थ्य सामग्रीहरू आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडाैंलाई हस्तान्तरण गरिएको छ ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालमा क्यान्सरका बिरामीहरूलाई नि:शुल्क रूपमा उपलब्ध गराइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायहरूसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरू भविष्यमा पनि निरन्तर रूपमा उपलब्ध गराउने गरी पहल गरिरहेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए।

उनका अनुसार आवश्यक औषधिको सूची तयार गरी सम्बन्धित संस्थालाई पठाइएको थियो । सोही आधारमा पाँच वर्षका लागि औषधि दिने प्रतिबद्धतासमेत गरिएको छ । ‘क्यान्सरको उपचार निकै महँगो छ, बिरामीले औषधि किन्न नसक्ने अवस्था छ, हामीले पहल गरेपछि प्राप्त भएको यो औषधिले बिरामीलाई राहत हुनेछ’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यसमा सहयोग गर्नुहुने सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’