१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
बन्चरेडाँडा ल्यान्डफिल साइट लगिएको फोहोर छुट्याउँदै सफाइ मजदुर ।  तस्बिर : संजित परियार/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंको फोहोर पाँच दिन नउठ्ने

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:१४:oo

तीनपिप्ले–बन्चरेडाँडा सडक मर्मत भइरहेकाले टेकुको ट्रान्सफर स्टेसनमा फोहोर थुपारिने

काठमाडौं महानगरपालिकाले फेरि पाँच दिन फोहोर नउठाउने भएको छ । तीनपिप्ले–बन्चरेडाँडा सडक मर्मतसम्भारको काम भइरहेकाले महानगरले पाँच दिन फोहोर नउठाउने भएको हो । सहरी विकास तथा भवन निर्माण विभागले सात दिनका लागि बन्चरेडाँडामा फोहोरमैला ढुवानीका सवारीसाधन नपठाउन आग्रह गरेअनुसार महानगरको फोहोर बन्चरेडाँडामा ढुवानी नहुने भएको हो । तर, सोमबार र मंगलबार भने १८–१८ टन फोहोर लगिएको महानगरले जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले पाँच दिन फोहोर बन्चरेडाँडा लैजान नसकिने जानकारी दिए ।

‘बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो मर्मतको काम भइरहेकाले सात दिनसम्म फोहोर नलैजान विभागले भनेको थियो । तैपनि, हिजो र अस्ति साना गाडीमा फोहोर लगियो । अब पाँच दिन भने लैजान नसकिने भएको छ,’ प्रवक्ता मानन्धरले भने, ‘बिहीबार हामी बन्चरेडाँडा जाँदै छौँ । महानगरका अनुसार पाँच दिनसम्म टेकुको ट्रान्सफर स्टेसनमा फोहोर जम्मा गरिनेछ । ‘पाँच दिनसम्म टेकुमा फोहोर जम्मा गर्नेछौँ । तर, त्यहाँ पनि पाँच दिनसम्म फोहोर जम्मा गर्न गाह्रै होला जस्तो छ,’ मानन्धरले भने, ‘पाँच दिनभन्दा कम समयमै फोहोर लैजान प्रयास गर्नेछौँ । यो अवधिमा सबैले सहकार्य गर्नुपर्‍यो । फोहोर घरभन्दा बाहिर निकाल्न दिन भएन ।’ काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोल हुँदै हाल बन्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं महानगरका अनुसार उपत्यकामा एकैदिन हजारदेखि १२ सय टनसम्म फोहोर उत्पादन हुन्छ । उत्पादन हुने फोहोरमध्ये ५० प्रतिशत फोहोर काठमाडौं महानगरको हो ।

नवीन मानन्धर, प्रवक्ता काठमाडौं महानगरपालिका

बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो मर्मतको काम भइरहेकाले सात दिनसम्म फोहोर नलैजान विभागले भनेको थियो । तैपनि, हिजो र अस्ति साना गाडीमा फोहोर लगियो । अब पाँच दिन भने लैजान नसकिने भएको छ । पाँच दिनसम्म टेकुमा फोहोर जम्मा गर्नेछौँ । तर, त्यहाँ पनि पाँच दिनसम्म फोहोर जम्मा गर्न गाह्रै होला जस्तो छ । यो अवधिमा सबैले फोहोर घरभन्दा बाहिर निकाल्न दिन भएन ।

काठमाडौंको फोहोर उपत्यकामै व्यवस्थापन गर्न जग्गा खोज्दै महानगर
काठमाडौं महानगरको फोहोर उपत्यकामै व्यवस्थापनका लागि तयारी थालिएको छ । यसका लागि महानगरले तीव्र ढंगले जग्गा खोजिरहेको छ । महानगरका अनुसार हालसम्म तीन ठाउँमा जग्गा हेरिएको छ । महानगरले कीर्तिपुर, दक्षिणकालीको फर्पिङ र नागार्जुन नगरपालिकामा जग्गा हेरेको छ । ती ठाउँमध्ये एक स्थानको जग्गामा सहमति गरेर फोहोर व्यवस्थापन गरिने महानगरले जनाएको छ । ‘हाम्रो महानगरको फोहोर यतै व्यवस्थापन गर्न हामीले जग्गा खोज्ने कामलाई तीव्रता दिइरहेका छौँ । आशा छ, छिटै काठमाडौंको फोहोर यहीँ व्यवस्थापन हुनेछ,’ मानन्धरले भने । फोहोर व्यवस्थापनका लागि भन्दै महागरले १ साउनदेखि लागू हुने गरी महानरवासीलाई कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको छ । सो अभियानलाई मूर्त रूप दिन महानगरले घरदैलो अभियानसमेत गरेको थियो ।

महानगरले गत वैशाखमा जारी गरेको सूचनाअनुसार वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ को १ र २ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ को १ र २ को व्यवस्थाअनुसार स्रोतमै फोहोरको पृथकीकरण गर्नुपर्नेछ । उक्त व्यवस्थाअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरण गरी जैविक फोहोर संकलन गर्न आउने दिन जैविक र नकुहिने फोहोर मात्रै संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने भएको छ । घर वा कार्यालयमै फोहोर नछुट्याए महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को थ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना हुने महानगरअन्तर्गत वातावरण विभागले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

चन्द्रागिरि नगरपालिकामा फोहोर छुट्याउन ६ रङका झोला
चन्द्रागिरि नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा कडाइ गर्ने भएको छ । ३ साउनमा बसेको कार्यपालिका बैठकले शून्य फोहोर अवधारणालाई साकार पार्न भन्दै ४ साउनदेखि नै फोहोर वर्गीकरण गर्ने अभियान थालनी गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ६ प्रकारका झोलामा व्यवस्थापन गर्न भनेको हो । 

नगरपालिकाले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लास्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलामलगायत कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड, डाइपरलगायत वर्गीकरण गर्न नगरवासीलाई भनेको छ । नगरपालिका उपप्रमुख वसन्ती श्रेष्ठका अनुसार ती झोला नगरपालिकाले नै उपलब्ध गराउनेछ । ‘हामीले फोहोर व्यवस्थापनका लागि नगरवासीलाई ६ थरीका झोलामा वर्गीकरण गर्न भनेका छौँ । नगरवासीलाई सहज होस् भनेर ती झोला नगरपालिकाले नै उपलब्ध गराउनेछ,’ उनले भनिन् । १ भदौदेखि फोहोर वर्गीकरण नगर्ने परिवारलाई नगरपालिकाको आर्थिक ऐनबमोजिम कारबाही हुने उनले बताइन् । 

ad
ad