मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १९:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निवर्तमान अर्थमन्त्री शर्मासँग छानबिन समितिले सोधपुछ गर्ने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १९:३३:००

संसदीय छानबिन विशेष समितिले बिहीबार निर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछको लागि निर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो । 

समितिका सचिव सुरेन्द्र अर्यालले समितिको आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए । ‘संसदीय छानबिन समितिले बिहीबार निर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । संसद्ले दिएको १० दिनको समय अवधि पनि सकिँदै छ । समितिको म्याद थपको सन्दर्भमा छलफल भएको छ । तर, समितिले निर्णय भने गरेको छैन,’  उनले  भने । 

सचिव अर्यालले छानबिनको लागि संसद्ले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको पनि बताए । समितिको म्याद थप गर्ने विषयमा छलफल भए पनि दिन किटान नगरिएको उनको भनाइ थियो । समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ । 
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी छ ।