१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २३ आइतबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालमा थपिए ३९१ जना कोभिड संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:o६:oo

पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो संख्यामा संक्रमण पुष्टि भएको हो।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुर नौ र काठमाडौंमा १८५ जनामा संक्रमित पुष्टि भएको जानकारी दिए। हाल सक्रिय संक्रमितको संख्या दुई हजार २७६ रहेका छन्। काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २७० पुगेको छ। विगत २४ घण्टामा ४६ जना संक्रमणमुक्त भएका छन्।

काठमाडौं जिल्लामा ५०० बढी संक्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ। हाल होम आइसोलेसनमा दुई हजार १४३, संस्थागत आइसोलेसनमा १३३ र सघन उपचार कक्ष (आइसियू)मा २१ जना उपचार भइरहेको छ। यस्तै, विगत २४ घण्टामा एक लाख २१ हजार ५१५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

ad
ad