Skip This
मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो, केही दिनमै वर्षा हुन्छ : मौसमविद्
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल फाेटाे
मुख्य समाचार डिजिटल संस्करण

मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो, केही दिनमै वर्षा हुन्छ : मौसमविद्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ। मनसुन निष्क्रिय हुँदा गर्मी बढेको मौसमविद्हरूले बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जल तथा मौसम विज्ञान विभागको जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले मनसुन निष्क्रिय हुँँदा गर्मी बढ्नु स्वाभाविक रहेको बताइन्।

मनसुन न्यूनचापीय रेखा एक–दुई दिनभित्रै माथि गएर वर्षा हुन सुरु हुनासाथ गर्मी हटेर जाने उनको भनाइ छ। ‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्यधिक गर्मीको अनुभव गरिएको छ। यो मनसुनमा अलिकति ब्रेक हुनेबित्तिकै अलि गर्मीको अनुभव हुन्छ,’ उनले भनिन्, ‘बिस्तारै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदा एक–दुई दिनमा हाम्रोतिर आउँछ। मनसुन न्यूनचापीय रेखा योमाथि आउनेबित्तिकै वर्षा देखिन्छ।’

हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको मौसमविद्हरूको बुझाइ छ। ‘मनसुन भन्नेबित्तिकै सबै दिनमा वर्षा हुन्छ भन्ने हुँदैन। एक्टिभ फेज र ब्रेक फेज हुन्छ। ब्रेक फेजका कारण धेरै वर्षा हुने वेलामा नै वर्षा भएन,’ मौसमविद् पोखरेलले भनिन्।

उनका अनुसार हालसम्म प्रदेश १, मधेस र बागमतीमा सरदरभन्दा बढी वर्षा देखिएको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने सरदरभन्दा कम वर्षा भएको छ।