Skip This
स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका म्याड्रिड
२o७९ श्रावण ३ मंगलबार १३:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

तापक्रम ४५ डिग्रीसेल्सियस पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याड्रिड
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १३:२५:oo

स्पेनमा केही समययता गर्मी बढेर तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान गुमाउने व्यक्तिको संख्या पाँच सय १० पुगेको छ। मन्त्रालयका अनुसार यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन।

यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण जनजीवन निकै कष्टकर बनेको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ एक सय ५० जनाको ज्यान गएको जनाएको छ।

तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको र सोमबारसम्म पाँच सय १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरूमध्ये तीन सय २१ जना ८५ वर्षभन्दा माथिका रहेका बताइएको छ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ। रासस/सिन्ह्वा