मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास बैंकका सिइओ बोहराको दोस्रो कार्यकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५३:oo

लुम्बिनी विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहराको कार्यकाल थप गरेको छ । बैंक सञ्चालक समितिले साउन २ गतेदेखि चार वर्षका लागि दोहोर्‍याउने निर्णय गरेसँगै सोमबार उनलाई कार्यालयमा स्वागत गरिएको हो । 

बोहराको पद बहाली कार्यक्रममा बैंकका अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठ, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरूलगायत कर्मचारीको उपस्थिति रहेको थियो । बोहराले पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गर्दै उत्कृष्ट बैंकका रूपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ । 

उनको कार्यकालमा बैंकको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँबाट बृद्धिभएर तीन अर्ब २८ करोड रुपैयाँ पुगेको जनाइएको छ । बैंकको निक्षेप २२ अर्ब ९६ करोड रुपैयाँबाट बृद्धिभएर ४५ अर्ब १४ करोड रुपैयाँ पुगेको तथा कर्जा लगानी २२ अर्ब ७५ करोड रुपैयाँबाट बृद्धिभएर ४१ अर्ब १३ करोड रुपैयाँ पुगेको उल्लेख गरिएको छ ।

उनको कार्यकालको चार वर्षमा बैंकका सेयरधनीलाई कुल ६० दशमलव ७५ प्रतिशत लाभांश वितरण गरिएको बैंकले जनाएको छ । बैंकको निष्क्रिय कर्जा तीन दशमलव ३४ प्रतिशतबाट घटेर एक दशमलव ६८ प्रतिशत कायम भएको तथा शाखा संख्या ६५ बाट बढेर सातै प्रदेशमा गरी ८६ पुगेको जनाइएको छ । 

पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त बोहराले भारतको इलाहाबाद विश्वविद्यालयबाट बिएस्सी र एमबिएसम्मको योग्यता हासिल गरेको तथा २५ वर्षदेखि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामा रही काम गरेको जनाइएको छ ।