मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १५ बिहीबार २२:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोलको मूल्य घट्यो, मट्टीतेल र डिजेलको बढ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार २२:४६:oo

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको निर्णयअनुसार १६ साउन बिहान १ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी २१ डलरले बढाएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् छ ।

नयाँ मूल्यअनुसार काठमाडौं अब पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजेल र मट्टीतेलकाे समान १५० पैसा पर्नेछ ।