१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैँ
२o८१ बैशाख २३ आइतबार १८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अगाडि बढाउन विज्ञटोली गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैँ
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:३१:oo

सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडि बढाउन विज्ञटोली गठन गर्ने भएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञटोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो। 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिसअनुसार मन्त्रालयले विज्ञटोली गठन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लौजाने तयारी गरेको जानकारी दिए। उनले मुलुकको गेम चेन्जर आयोजनाको रूपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नै विज्ञसमूह गठन गरी पुनः अध्ययन गरिने बताए।

मन्त्री श्रेष्ठले विज्ञटोलीबाट आएका प्रतिवेदनअनुसार नै अगाडि बढ्ने स्पष्ट पार्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताए। उनले प्रधानमन्त्रीसहित स्थानीय निकायका पदाधिकारीहरूसँगै गरिएको स्थलगत निरीक्षणको क्रममा हाल प्रस्तावित स्थानमै विमानस्थल निर्माण गर्न उपयुक्त हुने देखिएको पनि बताए।

ad
ad