१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २३ आइतबार १९:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अफ्रिकी तस्करको नेपाल कनेक्सन : ‍‍...त्यसपछि समातियो 'सेतो धुलो'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:२२:oo

४ किलो लागुऔषध हेरोइनसहित प्रहरीको लागुऔषध ब्युरोले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुईजना विदेशी र एकजना नेपाली नागरिक रहेका छन्। पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक पासपोर्ट नम्बर ए ०९८७९५७२ बाहक ६१ वर्षीय ज्याक एन्टोन इंगेलबेरच्ट, भारतीय नागरिक जोथानत्लुअंगी र नेपाली नागरिक सुकेश तामाङ रहेका छन्।

ओसारपसारमा संलग्न इंगेलबेरच्टलाई प्रहरीले साउन ३२ गते ठमेलस्थित एक होटेलबाट पक्राउ गरेको थियो। पक्राउ परेका तामाङ ट्याक्सीचालक हुन्। ब्युरोका अनुसार असार ३१ गते साउथ अफ्रिकाको जोहान्सबर्गबाट दुबई हुँदै नेपाल आएका अफ्रिकन नागरिक इंगेलबेरच्टको गतिविधि शंकास्पद लागेपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई निगरानी गरेको थियो। निगरानी गर्ने क्रममा ठमेलस्थित इंगेलबेरच्ट बस्ने एक होटेलको कोठाबाट प्रहरीले असार ३२ गते सुटकेसभित्र उक्त लागुऔषध बरामद गरेको थियो। 

सो लागुऔषध भारत लैजाने तयारीमा राखिएको थियो। भारत लैजानको लागि भारतीय नागरिक जोथानत्लुअंगी काठमाडौं आएकी थिइन्। उक्त लागुऔषध भारत लैजानको लागि सहयोगीको भूमिकामा ट्याक्सीचालक तामाङ पनि सहभागी थिए। ब्युरोले तामाङको बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित उनलाई पनि नियन्त्रणमा लिएको छ।

ad
ad