१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेडपान्डाका लागि २ करोड २ लाख बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:४o:oo

हिमाली संरक्षण मञ्चले रेडपान्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा २ करोड २ लाख रुपैयाँ बजेट रहेको बताइएको छ। रेडपान्डा नेटवर्कको सहयोगमा संरक्षण मञ्चले २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम चारवटा शीर्षकमा खर्च गरिने जनाएको हो। 

मञ्चका कार्यक्रम संयोजक रमेश राईले अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रवर्धन शीर्षकमा खर्च हुने बताए। जिल्लाको एक नगरपालिका र ८ गाउँपालिकामध्ये आठराई त्रिवेणी गाउँपालिकाबाहेक सबै पालिकाको वडामा कार्यक्रम लागू भएको संयोजक राईले बताए। 

रेर्डपान्डा नेटवर्कले ताप्लेजुङसहित तेह्रथुम र संखुवासभामा पनि कार्यक्रम सञ्चालनमा छ। संस्थाले १० वटा विद्यालयमा रेडपान्डासम्बन्धी पठनपाठन गर्ने गरेको बताएको छ। विद्यार्थीलाई स्टेसनरी तथा पुरस्कारबापत २ लाख ५० हजार रुपैयाँलगायत फुङलिङ नगरपालिकाको फुरुम्बुमा अल्लो प्रशोधन कार्यक्रम सञ्चालनमा रहेको संयोजक राईले बताए।  
 

ad
ad