१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २० बिहीबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

३.६८ गुणाले बढ्यो विदेश जाने श्रमिकको संख्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३७:oo

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष ०७८/७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन्। शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष ०७८/७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन्।

चालू आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८  हजारभन्दा माथि पुगेको उनले बताए। उनले चालू आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको जानकारी दिए। अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रूपमा लयमा फर्किएको उनको भनाइ छ। 

महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएकोसमेत महानिर्देशक पौडेलले जानकारी दिए। उनले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताए। 

‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ। अहिले अन्तर्राष्ट्रिय देशहरूको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा आउन सकेको छैन। २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौँ,’ महानिर्देशक पौडेलले भने, ‘अहिलेसम्म ७१ लाख २० हजारभन्दा बढी श्रम स्वीकृत भएको छ । यो भनेको रिइन्ट्रीसमेतको गरेर हो । यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ । श्रम स्वीकृति ०७३ देखि निरन्तर ओरालो लागिरहेको छ । अहिले ०७८ असारदेखि ०७९ असार ३० गतेसम्म गत वर्षभन्दा ४ लाख ६१ हजारले बढेको देखिन्छ।’ 

ad
ad