१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३१ शुक्रबार
  • Tuesday, 16 July, 2024
२o७९ असार ३१ शुक्रबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३१ शुक्रबार १o:४६:oo

अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जंगल सफारी गर्छन् ।

मंगलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए। ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ,’ उनले भने, ‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ ।’

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जंगल वाक’ गर्ने पर्यटकको संख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘चालू आर्थिक वर्षको हालसम्म १० हजारभन्दा बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्,’ उनले भने। 

आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म मात्र १० हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमेका छन् । ‘यो संख्या हाम्रा लागि सुखद रहेको छ,’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘अहिले बाघ देखिने याम भएकाले पर्यटकको संख्या बढ्ने विश्वास छ ।’ निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाघलाई बढी प्राथमिकता दिएर निकुञ्ज घुम्न आएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ । रासस

ad
ad
ad
ad