१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लहान नगरपालिका :  विपन्नलाई जस्तापाता दिनुअघि नै मेयर–उपमेयरबीच लफडा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:५१:oo

सिराहाको लहान नगरपालिकाले गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीचको विवाद बढेको छ। फायल नै नियन्त्रणमा लिएर मौखिक आदेशको आधारमा जस्तापाता वितरण गर्न खोजेको भन्दै मंगलबार दिउँसो उपमेयर महतो आफैँले जस्तापाता वितरण गर्न खोजेपछि विवाद बढेको हो। 

नगर प्रवक्ता तथा लहान ६ का वडाध्यक्ष रमेश गौतमले उपमेयर महतोले आफूसमेत रहेको कार्यपालिकाको निर्णयविपरीत वितरण खोजेपछि विवाद बढेको बताए। जस्तापाता वितरणका लागि मेयर चौधरी र नगरका प्राविधिकहरूको टोलीले सेवाग्राहीको घरको नापनक्सासहित लागत अनुमान गरी नगरको १२, १३, १४ र २४ नं. वडामा नामावली संकलनपछि छनाेट गरेर सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा वितरण गरिएको प्रवक्ता गौतमले बताए। 

‘त्यसकै आधारमा करिब एक महिनादेखि बाँडिदै आएको हो,’ उनले भने, ‘तर उपमेयर जस्तो व्यक्तिले कुनै सल्लाह नै नगरी सेवाग्राहीको निवेदन, वडा कार्यालयको सिफारिस रहेको फायल नियन्त्रणमा लिएर जबर्जस्ती वितरण गर्न खोज्नु राम्रो होइन ।’ 

मेयर चौधरीले सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधिले तोकेबमोजिम वास्तविक सेवाग्राहीलाई मात्र वितरण गरिएको बताए। ‘उपमेयर चौधरीले जिन्सी शाखाबाट वितरणसम्बन्धी फायल नियन्त्रणमा लिएर मौखिक आधारमा वितरण गर्न खोज्नु कार्यविधिविपरीत हो,’ उनले भने, ‘अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा खरिद भएको जस्तापाता आफूहरू निर्वाचित भएपछि स्थलगत अध्ययनको आधारमा वडा कार्यालयको समेत सिफारिसअनुसार वितरण गर्दै छौँ।'
 

ad
ad