१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन्छ कि भन्ने चीनको चिन्ता छ : नेता खनाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:५o:oo

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीहरूले चिनका विरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताए । 

‘अहिलेको भूराजनीतिक परिस्थिति जुन छ, त्यो भूराजनीतिक परिस्थितिमा विदेशीहरूले चीनका विरुद्ध कुनै प्रकारले नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने कुराहरूमा चीनको चिन्ता छ । त्यो चिन्तालाई जाहेर गर्नको लागि पनि उहाँको भ्रमण भएको देखिन्छ,’ नेता खनालले भने । 

नेता खनालले विदेश विभाग प्रमुख जियान्चाओको भ्रमण सो कुरा जायर गर्नका लागि भएको बताउनुभयो । उहाँले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चिनका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताए । पूर्वप्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको उनको भनाइ थियो ।