१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा सरोज अधिकारीको उम्मेदवारी घोषणा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१o:oo

नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले आज पत्रकारहरूसँगको छलफलका क्रममा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि कांग्रेस बिटमा काम गरिरहेका क्रियाशील पत्रकार, सम्पादक, जिल्ला अध्यक्ष र पार्षदहरूसँग राय लिइसकेका अधिकारीले आज भने औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् । 

‘म आज प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा गर्न चाहन्छु,’ अधिकारिले भने, ‘अब म अध्यक्षको उम्मेदवारीबाट पछि हट्ने छैन ।’ उनले आफू सधैँ श्रमजीवी पत्रकारको साथमा रहेको बताउँदै श्रमजीवी पत्रकारको पक्षमा कसैसँग सम्झौता नगर्ने, पत्रकारको हकहित र पेसागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता पनि जनाए। 

साे अवसरमा संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज (सेजन), खेलकुद पत्रकार मञ्च, फोटो पत्रकार क्लब, चलचित्र पत्रकार संघ, नेपाल सहकारी पत्रकार समाज, स्वास्थ्य पत्रकारलगायतका शुभेच्छुक पत्रकारहरूको उपस्थिति रहेकाे थियो

ad
ad