Skip This
जनार्दन शर्मा छानबिन समिति : अर्थ मन्त्रालयसँग विवरण माग्ने निर्णय  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २६ बुधबार १८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनार्दन शर्मा छानबिन समिति : अर्थ मन्त्रालयसँग विवरण माग्ने निर्णय  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:३४:oo

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्वअर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए।

उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताए। सचिव अर्यालले सर्वसम्मतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने कुरा भएको जानकारी दिए। उनले आजको बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गरेकोे बताए। सचिव अर्यालले अर्को बैठक बुधबार दिउँसोे बस्नेसमेत बताए। 

उनले भने, ‘संसदीय छानबिन समितिको पहिलो बैठक ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक सिंहदबारमा बस्यो। योभन्दा अगाडि सचिवालयलाई कार्यविधि बनाउन जिम्मा दिइएको थियो। तीन दिन लगाएर कार्यविधि बनाएका थियौँ। बैठकका दुईवटा कार्यसूची थिए। कार्यविधिलाई समितिमा छलफल गरेर स्वीकृत गर्ने र अर्को समितिको सभापतिको निर्वाचन गर्ने विषय थियो।’ 

पूर्वअर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा ०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्येरातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिए। 

ad
ad