१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

परीक्षामा निरन्तर लापर्बाही विरोधमा डिनको राजीनामा माग्दै विद्यार्थीको प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१३:oo

परीक्षामा निरन्तर लापर्बाही गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। कीर्तिपुरस्थित त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा विद्यार्थीले प्रदर्शन गरेका हुन्। त्रिभुवन विश्वविद्यालयले परीक्षामा निरन्तर लापर्बाही गरेको भन्दै मंगलबार पनि विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। 

विद्यार्थीले डिनको राजीनामा माग गरेका छन्। विरोध प्रदर्शनमा सहभागी विद्यार्थी सगुन कँडेलका अनु्सार बिबिए छैटौँ सेमेस्टरको परीक्षामा निरन्तर त्रुटि पाइएपछि उनीहरू आन्दोलित भएका हुन्। व्यवस्थापन संकायतर्फको ‘एमजिटी २०३’ अर्गनाइजेसन बिहेभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न गएको पाइएको थियो।

त्यस्तै, अर्को दिन पाँचौँ सेमेस्टरमा सोधिएको ‘सोसियोलोजी’को प्रश्न ‘नेपालिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयकै लेटरहेडमा दोहोर्‍याएको थियो। यस विषयमा डिन कार्यालयले विज्ञप्ति निकालेर दोषी प्राध्यापकलाई कारबाही गर्ने बताइसकेको छ। तर त्रिविले झारा टार्न मात्र विज्ञप्ति निकालेको भन्दै विद्यार्थी असन्तुष्ट छन्।

ad
ad