१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

११ महिनामा भित्रियो सात अर्ब ५१ करोड डलर रेमिट्यान्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२३:oo

यो ११ महिनामा रेमिट्यान्स आय ३.८ प्रतिशतले बढेर सात अर्ब ५१ करोड डलर भित्रिएको छ । वैशाखमा रेमिट्यान्स आयमा ०.२ प्रतिशतको वृद्धिदर थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय १.५ प्रतिशतले वृद्धि भई सात अर्ब ५१ करोड डलर पुगेको छ । 

जेठमा ३५ हजार ६९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यस्तो स्वीकृति लिने नेपालीको संख्या तीन लाख १३ हजार तीन सय ६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । 

जेठ महिनामा २८ हजार ६ सय २५ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यससँगै पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा दुई लाख ५९ हजार ९१ पुगेको छ । जुन गएको वर्षको सोही अवधिको तुलनामा १८५.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।

सेवा खाताअन्तर्गत जेठ महिनासम्ममा भ्रमण आय २८१.३ प्रतिशतले वृद्धि भई २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ अर्ब ६९ करोड रहेको थियो । यद्यपि, यस अवधिमा नेपालले सेवा खातामा ९९ अर्ब ९३ करोड घाटा व्यहोरेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । जुन वैशाख महिनाको तुलनामा १८ अर्ब ६९ करोडले कमी हो । अमेरिकी डलरमा शोधनान्तर स्थिति दुई अर्ब २६ करोडले घाटामा रहेको छ । जुन वैशाखको तुलनामा १५ करोड डलरले कमी हो ।

जेठ मसान्तमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । जुन वैशाख महिनासम्मको तुलनामा २९ अर्ब ९६ करोडले बढी हो । अमेरिकी डलरमा सञ्चिति जेठ मसान्तमा नौ अर्ब ४५ करोड कायम भएको छ । जुन वैशाख महिनाको तुलनामा १७ करोड डलरले बढी हो । 

मूल्यवृद्धि भने ६ वर्षयताकै उच्च 
अर्थतन्त्रका अन्य सूचकमा सुधारको संकेत देखिए पनि मूल्यवृद्धि भने उच्चदरमा बढेको छ । जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ, जुन ६ वर्षयताकै उच्च हो । यसअघि ०७३ भदौमा मूल्यवृद्धि ७.९ प्रतिशत थियो । त्यसयता मूल्यवृद्धि लक्ष्यको सीमाभित्रै रहँदै आएको थियो । अघिल्लो वर्षको जेठमा मुद्रास्फीति ४.१९ प्रतिशत थियो । 

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य निर्धारण गरेको छ । तर, बाह्य तथा आन्तरिक कारण मूल्यवृद्धि लक्ष्यभन्दा बढी भएको हो । राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी पहाडी क्षेत्रमा ९.२८ प्रतिशत मूल्यवृद्धि छ । हिमाली क्षेत्रमा ८.९२ प्रतिशत, राजधानी काठमाडौंमा ८.३२ प्रतिशत र तराईमा ८.२९ प्रतिशत मूल्यवृद्धि छ । 

ad
ad