१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १५:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रेस युनियनको नेतृत्वमा दर्जनौँ आकांक्षी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:५o:oo

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नेतृत्वमा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन्। करिब आठ वर्षपछि साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुन लागेको नवौँ महाधिवेशनमा अध्यक्षमा आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका हुन्।

दोस्रो कार्यकारी पद महासचिव र यीबाहेकका बाँकी पदमा पनि आकांक्षीहरूको संख्या बढ्दो छ। युनियनको आठाैँ महाधिवेशन ०७१ भदौमा पोखरामा सम्पन्न भएको थियो। त्यसयता विभिन्न कारणले आठ वर्षसम्म महाधिवेशन हुन सकेको थिएन। लामो समयसम्म महाधिवेशन रोकिएका कारण यसपटक सबै पदमा धेरै आकांक्षी देखिएका छन्।

हालसम्म अध्यक्षमा संस्थापन पक्षबाट वर्तमान कोषाध्यक्ष सरोज अधिकारी र पूर्वउपाध्यक्ष अनिता विन्दु, संस्थापनइतर समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र केन्द्रीय सल्लाहकार तथा पूर्वमहासचिव शिव लम्साल, प्रेस युनियनका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसचिव रामप्रसाद दाहाल, वर्तमान उपाध्यक्ष ईश्वरी ओझालगायतले आकांक्षा देखाएका छन्।

त्यस्तै, युनियनका नेता एवं महासंघका पूर्वउपाध्यक्ष उमिद वागचन, दामोदर दवाडी, युनियनका पूर्वसचिव सन्तोष न्यौपाने र भुवन भट्टलगायतले पनि आकांक्षा प्रस्तुत गर्दै आएका छन्।

दोस्रो कार्यकारी पद महासचिवमा पनि मुख्य आकर्षण देखिएको छ। हालसम्म महासचिवमा युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरू दिलीप पौडेल र रमेश वाग्ले, काठमाडौंका पूर्वअध्यक्ष नकुल अर्याल, शिवराज योगी, केशव साउद, विमल ज्ञवालीलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन्।

सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत,लोकेन्द्र भट्ट,कालिका महत, मेनुका ढुंगाना, लालकुमार मोक्तान, विजय रेग्मी, राधा खनाल, एलपी देवकोटा, टीकाराम सुनार, सहदेव चौधरीलगायतले उम्मेदवार बन्ने घोषणा गरेका छन्।

वरिष्ठ उपाध्यक्षतर्फ लीलाराज खनाल, नीरज खतिवडा, जगत साउदलगायतले आकांक्षा देखाएका छन्। उपाध्यक्षमा जनार्दन घिमिरे, सलोजा दाहाल, ऋषिकान्त पौडेल, दिलीपाश्री अधिकारी, कल्पना शर्मालगायत आकांक्षी छन्। यस्तै, उपमहासचिवतर्फ भुवन शर्मा, कमल पन्त र युवराज गौतम, सुलोचना गौतम, कुसुम विक (सेन्चुरी)लगायतले आकांक्षा प्रस्तुत गर्दै आएका छन्।  यसबाहेक केन्द्रीय सदस्यमा पनि धेरै आकांक्षी देखिएका छन्।

ad
ad