१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका रुपन्देही
२०७९ असार २५ शनिबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेसँग गठबन्धन गर्न ढोका बन्द छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
२०७९ असार २५ शनिबार १८:२२:००

नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)सँगको सहकार्य सम्भव नभएको प्रस्ट पारेका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द रहेको बताए ।  उनले भने, ‘एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । गलत प्रवृत्तिले गर्दा हानी–नोक्सानी के–के भयो सबैले मम गरौँ,’ उनले भने। 

अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मत मात्रै प्राप्त गरेको जनाउँदै अब संघीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

कांग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन समस्या भए पनि समाजवादीमा सहज तरिकाले दुईतिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताए । 

पाँचदलीय गठबन्धनबाट सरकारका विभिन्न पदमा रहेका मन्त्रीतर्फ इंकित गर्दै उनले देश र जनताप्रति सेवाभाव र समर्पणभाव राख्नुपर्ने बताए । ‘देखाउने दाँत एउटा र खाने अर्को नहोस् । भित्र बाहिर एउटै होस् । जनताले खोजेको त्यही हो,’ अध्यक्ष नेपालले भने । 

अर्काे प्रसंगमा उनले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताए । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताए । ‘बुद्धको शान्तिभूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ, राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।’