मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २४ शुक्रबार १८:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत सरकारको अनुदानमा निर्मित विद्यालय भवन उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १८:३६:oo

कपिलवस्तुको बुद्धभूमिस्थित श्री माध्यमिक विद्यालयका लागि भारत सरकारले निर्माण गरिदिएको विद्यालय भवनको उद्घाटन गरिएको छ। शुक्रबार काठमाडौंस्थित भारतीय राजदूतावासका सचिव करुण वंशलले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निर्मित उक्त भवनको उद्घाटन गरेका हुन्।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा ३ करोड ४० लाखको लागतमा भारत सरकारले उक्त विद्यालय भवन निर्माण गरेको हो।  विद्यालय भवन निर्माणको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले ‘आजादीका अमृत महोत्सवअन्तर्गत अघि सारेको परियोजनाभित्र रहेको बताइएको छ।

नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाइका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने विद्यालयले जनाएको छ। भवन उद्घाटन कार्यक्रममा  कपिलवस्तु–२ का सांसद बृजेशकुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठलगायतको उपस्थिति थियो। 

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। त्यसमध्ये स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन्। तीमध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन्।