१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:o७:oo

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ। काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो।

असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा आयोजना हुने प्रतियोगिताको लोगो र मस्कट यसअघि नै सार्वजनिक भइसकेको छ। मूल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ भने मूल आयोजक समितिमा २७ सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव नै समितिको सदस्यसचिवको रूपमा रहने निर्देशिकामा उल्लेख गरिएको छ।

यसअघि जेठमा हुने भनिए पनि विभिन्न कारणले प्रतियोगिताको मिति सारिएको थियो। प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ भने दुईवटा खेल प्रदर्शनीको रूपमा आयोजना हुनेछन्।

ad
ad