१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख ३० आइतबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाजुराको बुढीगंगामा मतगणना सुरु हुँदै

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:५१:oo

बाजुराको बुढीगंगा नगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै छ । मतगणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

बैठकमा सर्वदलीय र सर्वपक्षीय सरोकारवाला रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । भानोदय नमुना माध्यमिक विद्यालयमा सर्वदलीय बैठक बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।

बुढीगंगामा १३ हजार ६ सय ५९  जना मतदातामध्ये नाै हजार एक सय २८ अर्थात् ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः चुनाव गरेको हो ।

बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । 
 

ad
ad