मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २४ शुक्रबार ०७:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवा विकास बैंकको ‘केएस डिजिवल्र्ड’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २४ शुक्रबार ०७:५५:००

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजिवल्र्ड’ सार्वजनिक गरेको छ । बैंकले मंगलबारदेखि केएस डिजिवल्र्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हो । 

यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।

डिजिवल्र्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरो सेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्युआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ । साथै, बैंकले आगामी दिनहरूमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।