१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २३ बिहीबार १२:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रेमिट्यान्स र निजी क्षेत्रतर्फको कर्जाले व्यापारघाटा बढायो : सिबिफिन रिपोर्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १२:४o:oo

बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जाले व्यापारघाटा बढेको अध्ययनले देखाएको छ। बैंकले एक सय रुपैयाँ कर्जा लगानी गर्दा दीर्घकालमा यसले ५० रुपैयाँबराबरले व्यापारघाटा बढाउने अध्ययनले देखाएको छ।
 
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले गरेको अध्ययनले यस्तो देखाएको हो। त्रिविका प्रोफेसर डा. रमेशचन्द्र पौडेलले अध्ययन गरेर सिबिफिनलाई बुझाएको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो।

अध्ययनले रेमिट्यान्सको व्यापारसँगको सम्बन्ध ७० प्रतिशत हाराहारी रहेको पनि देखाएको छ। रेमिट्यान्स बढ्दा व्यापारघाटा पनि बढेको पाइएको छ। त्यसैले रेमिट्यान्स रकम बाध्यकारी रूपमा बचत र लगानीमा लगाउने व्यवस्था गर्नुपर्ने अध्ययनको सुझाव छ।

त्यस्तै, बचतलाई प्रोत्साहन गर्न ब्याज वा विनिमयदरमा ५ देखि १० प्रतिशत बढी दिन सक्ने, बिमा सुविधा दिन सकिने पनि अध्ययनले उल्लेख गरेको छ। नियमित रूपमा औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउनेलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, बचतमा प्रोत्साहन गर्नेलगायतका सुझाव दिइएको छ।
 
त्यस्तै निजी क्षेत्रतर्फ जाने कर्जा व्यवस्थित गर्न उत्पादकहरूमा सोझै जाने कर्जाको ब्याजदरमा छुट दिनुपर्ने, कृषि तथा साना उद्योगजस्ता क्षेत्रलाई जोड्ने बैंक तथा वित्तीय संस्थालाई पुरस्कृत गर्न सकिनेलगायतको सुझाव दिइएको छ।