१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format o८:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको बैठक बिहीबार बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

कर्णाली प्रदेश सभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले असार १२ गते बसेको कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको १८औँ प्रदेश सभा बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो । 

सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्तासाझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन । ‘प्रमुख प्रतिपक्षी एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधिअनुसार लागू गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रमको निष्पक्षताका आधारमा दिनुपर्ने, रु १५ लाख बजेटभन्दा मुनिका योजना स्थानीय तहमा पठाउनुपर्ने माग सरकारसँग राख्दै आएको छ,’ सभामुख शाहीले भने । 

सभामुख शाहीले एमालेले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान कायमै राखेको बताए ।  बिहीबार बिहान ८ बजे सत्तागठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरूको निर्णायक बैठकबाट सहमति जुटाएर दिउँसो १ बजे सदन चलाउने योजना बनाइएको उनले जानकारी दिए ।