१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

सुडानका लागि संयुक्त राष्ट्रसंघले मानवीय सहायताको अपिल गरेको छ। संयुक्त राष्ट्रसंघले दक्षिण सुडानका लागि तत्काल कम्तीमा ४० करोड अमेरिकी डलरबराबरको सहायता जरुरी परेको भन्दै सोका लागि अपिल गरेको हो।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गरेकी समाचारमा जनाइएको छ। अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकाले तत्कालका लागि यो रकम आवश्यक परेको उनको भनाइ छ।

‘हामीले यो सहयोग रकम विश्वसँग नै अपेक्षा गरेका छौँ, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रूपमा तत्कालै यो रकमको आवश्यकता परेको छ,’ उनले भनेकी छन्, ‘अन्य सहायताका अतिरिक्त अहिले नै यहाँका महिला तथा बालबालिकालाई खाद्यान्नको आवश्यकता छ र उनीहरूलाई अझ बढी त पोषणको पनि जरुरत रहेको छ।’

आवश्यक पोषण र खाद्यान्नको अभावमा यहाँका बालबालिका कुपोषणको सिकार भइरहेका र कतिपय स्थानका नागरिकले खाद्यान्न र औषधिजस्तो आधारभूत आवश्यकता नै पाउन नसकेका भन्दै यसअघिदेखि नै संयुक्त राष्ट्रसंघले दक्षिण सुडानका लागि सहायताको जरुरत परेको बताउँदै आएको थियो। रासस/सिन्ह्वा